ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’
काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनुभएको छ ।
गाउँपर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरोकार भएकाहरूको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माणको खाँचो औँल्याउँदै अध्यक्ष दाहालले यसका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धनका लागि सुदृढ कानुनी आधार आवश्यक भएको बताउनुभयो ।
भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवद्र्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्