तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख निर्वाचनमा राप्रपाकी उम्मेदवार लामालाई ५ मत प्राप्त

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामाले ५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा उहाँको पक्षमा जम्मा ५ मत खसेको थियो भने विपक्षमा २१५ मत र तटस्थमा ३७ मत खसेको थियो ।

सभामुख अर्यालले लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्नुभयो । आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद उपस्थित हुनुहुन्छ ।

उपसभामुख पदको निर्वाचनमा लामासहित श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरको पनि उम्मेदवारी परेको छ । उहाँलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button