तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा हिमपात

दोलखा । प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा चैत्रको तेस्रो साता सोमवार हिमपात भएको छ । 

दिउँसो ३ः४५ बाट झण्डै दुई घण्टा हिमपात भएको कालिञ्चोक कुरीमा रहेको होटल सुनपातीका बिमल ओझाले बताउनुभयो । हिमपातपछि कालिञ्चोक पुगेका पर्यटकहरू हिउँसँग रमाइरहेको ओझाले बताउनुभयो ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा यो बर्ष पाँच पटकभन्दा बढी हिमपात भइसकेको छ । कालिञ्चोक क्षेत्रमा यो बर्ष पहिलो पटक माघ १५ गते हिमपात भएको थियो । 

केही समयदेखि कालिञ्चोकमा वर्षमा २÷४ पटक मात्र हिमपात हुने गरेकोमा यो बर्ष भने पाँच पटकभन्दा बढी हिमपात भइसकेको छ । प्रत्येक पटक थोरै समय मात्र हिमपात भएकोले धेरै दिनसम्म हिउँ नरहने होटल सुनपातीका सञ्चालक हरि ओलीले  बताउनुभयो।

कालिञ्चोकमा हिमपात भएको खबरपछि नेपालको विभिन्न ठाउँ र भारतबाट समेत पर्यटकले चासो दिन थालेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button