तपाईँ सुन्दै हुनुहुन्छः

फेवाताल संरक्षण अभियान: अवैध संरचनामाथि डोजर, ३२ टहरा हटाइयो

कास्की। पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन डोजर चलाएको छ।

शनिबार बिहानदेखि महानगरले सुरक्षा निकायको उपस्थितिमा डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउने अभियान सुरु गरेको हो।

महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार हालसम्म ३२ वटा टहरा भत्काइएको छ। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको महानगरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button