नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापाको बधाई
काठमाडौं I नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
सभापति थापाले नयाँ सरकारलाई शुभकामना दिनुहुदैँ मुलुकको समुन्नति, सुशासन र नागरिक अधिकारको रक्षाका लागि सरकारले चाल्ने हरेक सकारात्मक कदममा आफ्नो पार्टीको समर्थन रहने उल्लेख गर्नुभएको छ।
थापाले भन्नुभएको छ, “देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ।”








प्रतिक्रिया राख्नुहोस्