मुख्यमन्त्री आचार्यद्वारा एमाले अध्यक्ष ओलीलाई भेट गर्दै समवेदना व्यक्त
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

शनिबार मुख्यमन्त्री आचार्यले ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट गर्दै दिवङ्गत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, नेकपा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्