तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश विद्यालय स्तरीय यु-१४ फुटबल प्रतियोगिता सुरु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मधेस प्रदेश विद्यालय स्तरीय यु(१४ फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अनुसार मधेश प्रदेश फुटबल सङ्घको आयोजना, हरिपुर नगरपालिकाको आर्थिक सहयोग र लक्ष्मीनाथ युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य रामचन्द्र चौधरी र हरिपुरका नगर प्रमुख गोपाल पंजियारले संयुक्त रुपमा गर्नुभएको हरिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष मनोज कुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा मधेस प्रदेशका पर्साबाहेक ७ वटा जिल्लाबाट ७ महिला टिम र आठ वटै जिल्लाका आठ वटा पुरुष टिम गरि जम्मा १५ टिमको सहभागिता रहेको छ ।

विजेता टिमले १४ वर्ष मुनिका विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ ।

राष्ट्रिय स्तरको प्रतियोगितामा ७ वटै प्रदेशका टिम सहभागी हुने नेपाल फुटबल प्रशिक्षक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

पहिलो खेलमा रौतहटले गर्दै सप्तरीलाई २–० ले पराजित गरेको छ । पहिलो खेलको प्रतियोगितामा म्यान अफ द म्याच अमित गुरो बनेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button