इलाम १: कांग्रेसका उम्मेदवार निश्कल राई विजयी
इलाम । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ ।
सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत हुनुहन्छ । राई नेपाली काङ्ग्रेसको इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नु भएका राई पूर्वक्षेत्रीय सहसचिवसमेत हुनुहुन्थ्यो ।
शङ्करदेव क्याम्पस, काठमाडौँमा लामो समय अध्यापन गराउनु भएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।
निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२मत प्राप्त गर्नु भयो भएको छ ।
एमालेका उम्मेदवार काजीमान कागते ११ हजार ९६६मत प्राप्त गरी तेस्रो हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रण बहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्नु भयो । यहाँ खसेको मत ६३ हजार ९५७ रहेको छ । बदर मत ४ हजार ५६६ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्