तपाईँ सुन्दै हुनुहुन्छः

किशोरी बलात्कार आरोपमा एक पक्राउ 

वीरगञ्ज । वीरगन्जबाट प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । 

वीरगन्ज महानगरपालिका बाडा नम्बर–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

साहले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली उनलाई खोज्न खटिएको थियो। 

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप पाठकले बताउनुभयो । 

पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको र किशोरीको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक सुदिप पाठकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button