इलाम-१: नेपाली कांग्रेसका निश्कल राईको अग्रता कायम
इलाम। इलाम क्षेत्र न-१ मा नेपाली कांग्रेसका निश्कल राईको अग्रता कायम रहेको छ । राईले ८४३ मत प्राप्त गर्नु भएको छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले काजी मान कागतेले ५६९ मत प्राप्त गर्नु भएको छ।
श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ ३२६मत , राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल ४३५मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिष्ट पार्टी रण बहादुर राई १७२मत प्राप्त गर्नु भयो । मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचे ९ मत , राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल १३ मत , उज्यालो नेपाल पार्टीका हरि बहादुर गुरुङ १२ मत , जनता समाजवादी पार्टीका लिला बहादुर सुनुवार ८मत प्राप्त गर्नु भएको छ । यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बुले २ मत , नेपाल मजदुर किसान पार्टी – तुल्सी केशरी प्रजापति (छुंजु) १ मत , नेपाल जनमुक्ति पार्टीका डम्बर सिं लिम्बुले २मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नारदमणि साडपाङले ११ मत प्राप्त गर्नुभयो । हालसम्म ५ वटा केन्द्रको मतगणना सम्पन्न भएको छ ।







प्रतिक्रिया राख्नुहोस्