तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता 

वीरगञ्ज । पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले मतान्तर बढाउँदै लगेका छन् । 

पर्साको क्षेत्र नम्बर १ मा ५ हजार ८ मत गणना हुँदा रास्वपाका हरि पन्त –(बुद्धि प्रसाद पन्त) ले अग्रता बढाउँदै लैजानुभएको छ । 

पन्तले २ हजार २ सय ५१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार प्रदीप यादवले १ हजार २ सय १८ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटाले १ हजार १ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी पर्साको क्षेत्र नम्बर २ को प्राप्त पछिल्लो घोषित मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार सुशील साह कानुले मतान्तर बढाउँदै लैजानुभएको छ । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार ८ हजार २ सय १२ मत गणना हुँदा रास्वपाका उम्मेदवार कानुले ३ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी रिमा यादवले १ हजार ७ सय ९३ मत प्राप्त गरी कानुलाई पछ्याई रहनुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका अजय चौरसीयाले १ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी बिना जैसवालले १ सय २६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी पर्साकै क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसियाले २ हजार ८ सय ४८ मत  प्राप्त गरी अग्रता बढाउँदै जानुभएको छ । सो क्षेत्रबाट नेपाली काँग्रेसका सुरेन्द्र चौधरीले १३ सय १५ मत र एमालेका रुपेश पाण्डेले ९ सय ५३ मत प्राप्त गर्नुभएको छ । 

यता पर्सा क्षेत्र नम्बर ४ मा प्राप्त पछिल्लो मत परिणाम अनुसार रास्वपाका टेक बहादुर शाक्यले १४ सय मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका रमेश रिजालले ६ सय १ मत र नेकपा एमालेका जालिम मियाँले ३ सय ५१ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button