काठमाडौँका कुन क्षेत्रमा कसको अग्रता ?
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मत परिणाम आउने क्रम जारी रहेको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर– २ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सुनिल केसी ४ हजार १ सय १५ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार कबिर शर्माले १ हजार ६ सय ७९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले १ हजार ६१ मत, नेपाली कम्युनिष्ट पार्टी नितेश पौडेलले ९ सय २६ मत र नेकपा एमालेका मणिराम फुयाँलले ८ सय ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शान्ति न्यौपानेले जानकारी दिनुभयो । यहाँको अहिले मतगणना जारी रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ३ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे ६ हजार ५ सय ८४ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २ सय २० मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका रमेश अर्यालले २ हजार १ सय ९०, नेकपा एमालेका रामेश्वर फँयालले १ हजार २ सय ९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहराले २ सय ६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो । यहाँ अहिले मतगणना जारी छ ।
त्यस्तै, काठमाडौँ क्षेत्र नं ४ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिइरहनु भएको छ । जस अनुसार रास्वपाका पुकार बमले ६हजार २ सय ८४ मतका साथ अग्रता लिइरहनुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ९ सय ७ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका डा। राजन भट्टराईले १ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका इन्द्रकुमार भुषालले १४४ मत पाउनु भएको छ । राप्रपाका सरेन्द्रराज भण्डारीले ३६४ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका बरुण अमात्यले २ सय ५१ मत प्राप्त गर्नु भएको छ ।
काठमाडौँ क्षेत्र नम्बर ४ मा कुल मतदाता संख्या ७६ हजार १ सय ४१ रहेकोमा ५० हजार २ सय ३९ मत खसेको थियो । त्यसमध्ये ११ हजार १ सय ३ मत गणना सकिएको छ । यस क्षेत्रका ८८ मतदान केन्द्र मध्ये हाल सम्म १३ मतदान केन्द्रको मतगणना सकिएको छ ।
त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल ९ हजार ९ सय १७ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका प्रदीप पौडेलले ३ हजार १ सय ९०, नेकपा एमालेका ईश्वर पोख्रेलले १ हजार ७ सय ५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिनुभयो । अहिलेसम्म १७ हजार १ सय ५८ मत गणना भएको र मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत रिजालले बताउनुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ७ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ७ हजार ६ सय ४२ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी नेकपा एमालेका प्रकाश श्रेष्ठले १ हजार २ सय ३०, नेपाली काँग्रेसका प्रमोद हरि गुरागाईँले १ हजार ५५, नेपाली कम्युनिष्ट पार्टीका बसन्त प्रसाद मानन्धरले ९ सय ८७ र उज्यालो नेपाल पाटीका विमला लामाले ४ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिनुभयो । अहिले मतगणना जारी छ ।
त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १३ हजार १ सय ५० मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले १ हजार १५, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १ हजार ७ सय ४४, नेपाली काँग्रेसका सपना राजभण्डारीले १ हजार ४ सय ८५ र नेकपा एमालेका राजेश शाक्यले ९ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।
अहिलेसम्म २० हजार मत गणना भएको र मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी गराउनुभयो ।
त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोलप्रसाद अर्याल ६ हजार ५ सय ४८ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका नानुमैया बास्तोलाले १२ सय ७१ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ।
यस्तै नेकपा एमालेका डा. अजय क्रान्ति शाक्यले ११ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल कुमार कार्कीले २ सय ७९ र नेपाली कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जनले २ सय ५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिनुभयो । मतगणना जारी छ ।
त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीेका प्रदिप विष्ट ८ हजार ५ सय ८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । यसैगरी नेपाली कांग्रेसका हिमाल कार्की २ हजार ५६ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा एमालेका विनोद श्रेष्ठले एक हजार २ सय २७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार २ सय २१ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जन श्रेष्ठले ५ सय ८२ मत प्राप्त गर्नुभएको छ । यहाँ अहिले जम्मा खसेको मत ६० हजार १५१ रहेको छ ।अहिले मतगणना जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्