पाँचथरमा आज ११ः०० बजेदेखि मतगणना हुने

पाँचथर । पाँचथरमा आज ११ः०० बजेबाट मतगणना सुरु हुने भएको छ ।
सर्वदलीय बैठक भरखरै सम्पन्न भएकोले ११ः०० बजेबाट मत गणना सुरु हुने भएको हो ।
जिल्लाको सबै मतदान स्थलबाट बिहान मात्रै मतपेटिका फिदिम आइपुगेकोले मतगणना ढिला सुरु हुने भएको जनाइएको छ ।
सर्वदलीय बैठकले वडागत रुपमा मत गणना गर्ने निर्णय गरेको छ । ८ स्थानीय तहका ६० वटा वडाको मत वडागत रुपमा गरिने भएको हो ।
जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ । १ लाख ४३ हजार ४ सय ८ मतदाता संख्या रहेकोमा ७१ हजार १ सय ७० मत खसेको हो । जसमा महिला ३३ हजार ६ सय १५ र पुरुष ३७ हजार ५ सय ५५ ले मतदान गरेका थिए ।
जिल्लामा सौहार्दपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्