तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप क्रिकेटको फाइनल पुग्न भारतले इङ्ल्यान्डलाई दियो २५४ रनको लक्ष्य

काठमाडौँ । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न भारतले इङ्ल्यान्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको योगफल बनायो । 

भारतका लागि सन्जु स्यामसनले सर्वाधिक ८९ रनको योगदान दिए । उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ४३, ईशान किशनले ३९ र हार्दिक पाण्ड्याले २७ रन बनाए । 

इङ्ल्यान्डको लागि विल ज्याक्स र आदिल राशिदले समान दुई÷दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button