सुनसरीमा ६० प्रतिशत मत खस्यो

सुनसरी । सुनसरीमा ६० प्रतिशत मत खसेको छ ।
मतदानस्थलमा बिहानभन्दा दिउँसो मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो । कतै बिहान बढी र कतै दिउँसो मात्रै मतदाताको संख्या बढेको उहाँले जानकारी दिनुभयो ।
गर्मी भएकाले मध्यान्ह कम र बिहान तथा दिउँसो तीन बजेपछि मतदाताहरू बढी मतदान गर्न आएको र दिउँसो ५ः०० बजेसम्ममा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रवक्ता कुमारी आचार्यले जानकारी दिनुभयो ।
सुनसरी जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
मतगणनाको लागि स्थल तथा मतपेटिका भण्डारण स्थलको तयारी समेत भइसकेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनभयो । सुरक्षित रुपमा मतगणना गर्न तारजाली र सिसि क्यामेरासहित गणना स्थलको व्यवस्थापन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्