कञ्चनपुर क्षेत्र नम्बर १ मा ६०.०३ प्रतिशत मतदान
कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बेलुका ५ः०० बजेसम्म कुल ६१ हजार ७४ मत खसेको छ । जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता रहेका छन् । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यस क्षेत्रमा ६०।०३ प्रतिशत मतदान भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान ५२ मतदान स्थलका १ सय २२ मतदान केन्द्रमा सञ्चालन भएको थियो । मतदान अवधि भर कुनै ठूलो अप्रिय घटना नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब सर्वदलीय सर्वपक्षीय सहमतिमा मतपेटिका सङ्कलन गरी मतगणनाको तयारी गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्