बर्दियामा ४३ प्रतिशत मतदान

बर्दिया। प्रतिनिधि सभा निर्वाचनको क्रममा बर्दियामा दुई बजे सम्म ४३ प्रतिशत मतदान भएको छ ।
दिउँसो २ बजे सम्म कुल मतदाता मध्ये बर्दिया जिल्लामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनु भयो ।
बर्दिया जिल्लामा पुरुष एक लाख ५९ हजार तीन सय ८७, महिला एक लाख ६३ हजार आठ सय ७३ र अन्य ६ जना गरि तीन लाख २३ हजार दुई सय ६६ जना मतदाता रहेका छन् । बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा पुरुष ८३ हजार आठ सय तीन, महिला ८४ हजार दुई सय २७ र अन्य चार जना गरि एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् भने क्षेत्र नं २ मा ७५ हजार पाँच सय ८४ पुरुष, ७९ हजार ६ सय ४६ महिला, र दुई जना अन्य गरि एक लाख ५५ हजार दुई सय ३२ जना मतदाता रहेका छन् ।
बर्दिया जिल्ला भरी एक सय ५४ वटा मतदान स्थलमा तीन सय ८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्ला भरी दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्