तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा अहिलेसम्म १० प्रतिशत मत खस्यो

इलाम । इलाममा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म्१०.३७ प्रतिशत मत खसेको छ । बिहान ९.५० बजे सम्म १०.३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । मतदान केन्द्र अनुगमनको क्रममा इलाम नगरपालिका ८ स्थित जनकल्याण आवि पुग्नु भएको प्रजिअ ढकालले जिल्लाभर सौहादपुर्ण रुपमा मतदान भइरहेको बताउनुभयो ।
निर्वाचन आयोगले तोकेको समयअनुसार, जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले बताउनु भयो । बिहानको समय मत कम खसेको भए पनि दिउँसो मत धेरै खस्न सक्ने उहाँको भनाइ छ । मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भैइरहेका छ्न् ।

इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थाल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छ्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button