प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।”
प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन कर्मचारी परिचालित छन्।








प्रतिक्रिया राख्नुहोस्