तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज इनर्वामा नेपाली सेनाद्वारा ९ सुतली बमसहित तीनजना पक्राउ

वीरगन्ज। प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेनाले वीरगन्जमा विशेष सर्च अभियान सञ्चालन गर्दै गएराती ९ थान सुतली बमसहित तीनजना पक्राउ गरेको छ।

सुरक्षा सुनिश्चित गर्न करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका वडा नं. १६, इनर्वा क्षेत्रमा विशेष सर्च अपरेसन गरिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका तीनजनाले धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंका गरिएको छ।

पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ थान सुतली बम र ५ वटा सेतो रंगको तार बरामद गरिएको श्रीजंग गण वीरगन्जका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button