राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने
काठमाडौँ । राष्ट्रियसभाको भोलीका लागि तय गरिएको बैठक १३ गते मङ्गलबारका लागि सारिएको छ ।
भोली मुस्लिम समुदायको पर्व इदु उल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।
सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्