बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमहीबाट रिहार जाँदै गरेको लु२ख १०९८ नम्बर बस र रिहारदेखी लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको बुलेट (मोटरसाइकल) एक आपसमा जुधेका थिए । यो घटना करिब ५ः३० बजेतिरको हो ।
बसमा सवार रहेका राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा विशालसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी असोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्