रोल्पामा १ हजार १२६ निर्वाचन प्रहरी भर्ना गरिने
रोल्पा । आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पा जिल्लामा १ हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

यसमध्ये ३०० जना महिला निर्वाचन प्रहरीको समेत माग गरिएको छ । यसपटक सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना गरिने छ ।
निर्वाचन आयोग तथा नेपाल प्रहरीको समन्वयमा सञ्चालन हुने भर्ना प्रक्रिया अन्तर्गत माघ १ गतेसम्म इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका तथा ५४ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने, निर्वाचन प्रहरीले नेपाल प्रहरीको जवानले पाउँदै आएको सेवा पाउने र सेवा अवधि ४० दिनको रहनेछ ।
भर्ना भएका निर्वाचन प्रहरीहरूलाई मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा निर्वाचन शान्ति–सुरक्षा व्यवस्थापनमा परिचालन गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्