तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् सर्टका कारण इटहरीको सब्जी मण्डीमा आगलागी

सुनसरी । इटहरीको आइतबारेस्थित सब्जी मण्डीमा विद्युत् सर्ट भई आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट पाँच वटा सटर पूर्ण रूपमा जलेका छन् भने तीन वटा सटरमा आंशिक क्षति पुगेको छ।

गएराति लागेको आगो बिहान करिब ६ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सुबास हमालले जानकारी दिनुभयो। आगलागीका क्रममा चार वटा ग्यास सिलिन्डर एकपछि अर्को पड्किँदा आगो झन् फैलिएको थियो।

इटहरीको दमकल जेन्जी आन्दोलनमा जलेर प्रयोग गर्न नसक्ने भएपछि धरान, इनरुवा र दुहवीबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगो निभाउने कार्यमा नेपाल सेना र नेपाल प्रहरीले पनि संयुक्त रूपमा सहयोग गरेका थिए।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। साथै आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button