तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन: निर्वाचन कार्यक्रम संशोधन

३:३० बजेसम्म उम्मेदवारी दिन पाइने

काठमाडौँ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय नेतृत्व चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार यसअघि प्रकाशित निर्वाचन तालिकामा केही संशोधन गरिएको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे । संशोधित कार्यक्रमअनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रक्रिया महाधिवेशन स्थलमै सञ्चालन हुनेछ ।

संशोधित तालिकाअनुसार २९ मङ्सिरको बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारका लागि दरखास्त फाराम वितरण गरिनेछ भने सोही दिन बिहान १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म दरखास्त दर्ता हुनेछ । दिउँसो ४ बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरिनेछ भने त्यसविरुद्ध उजुरी दिने समय ४ बजेदेखि ४ः३० बजेसम्म तोकिएको छ ।

उजुरीमाथि छानबिन तथा निर्णय २९ मङ्सिर कै दिउँसो ५ बजेसम्म हुनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा ५ बजेदेखि ६ बजेसम्म समय दिइएको छ । अन्तिम उम्मेदवार नामावली सोही दिन बेलुका ६ः३० बजेसम्म प्रकाशन गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button