प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभएको छ ।
झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाँलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले शुभकामना दिनुभएको हो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ”, उहाँले भन्नुभयो ।
खेलाडी द्वय दाहाल र फुयाँलले छ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठुलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
र्यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो । यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदैछ ।
(








प्रतिक्रिया राख्नुहोस्