तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको गन्यापधुरामा चैतदेखि आधारभूत अस्पताल सञ्चालन हुने

 डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ मा रहेको आधारभूत अस्पताल निमार्णको कार्य अन्तिम चरणमा रहेको छ ।

“एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना” अन्तरगत २०७९ सालमा रु १४ करोड ७६ लाख रुपैयाँको लागतमा १० शैय्याको आधाधुत अस्पतालको निर्माण कार्य सम्पन्न भएको  गन्यापधुरा गाउँपालिका अध्यक्ष  ईन्द्रवहादुर कार्कीले बताउनु भयो ।

 निर्माण कार्य अन्तिम चरणमा रहेकाले चैत सम्म भवन पालिकालाई हस्तान्तरण हुने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलिप कुमार तामाङले सम्भवतः चैतदेखि (एम.वि.वि.एस) डाक्टरले दिने सेवा सुविधा सहित पालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति समेत प्रयोग गरी सेवा सुरु गर्ने बताउनुभयो । 

उहाँले आधारभूत अस्पताल सञ्चालनमा आएपछि कहिले काही विशेषज्ञ सेवा प्रदान गर्ने कार्य योजना रहेको जानकारी दिनुभयो । 

अस्पताल सञ्चालनमा आए स्थानीयहरूले स्थानीय स्तरमै स्वास्थ्य सेवा लिन सक्ने तथा उपचार गर्न जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता नरहने अध्यक्ष कार्कीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button