चुनावको विकल्प छैन : नेता पोखरेल
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

बेनीमा आज भएको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता पोखरेलले संवैधानिक संकट टार्न, जेनजी आन्दोलनको माग, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, स्थायित्व, राष्ट्रियता र स्वाधीनताको रक्षा तथा विगतका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि चुनावलाई सफल बनाउन आग्रह गर्नुभयो ।
“विगतका उपलब्धिको रक्षा गरेर देशलाई सही बाटोमा डो(याउन कमीकमजोरीको आत्मसमिक्षा, गरेका काम र योजनासहित चुनावबाट अनुमोदित हुने अवसरको सदुपयोग गर्न नेता कार्यकर्ताले चुनावको वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो “सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा लिएर जनतामा जान तयार छौँ ।”








प्रतिक्रिया राख्नुहोस्