काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनीत गरेको छ ।
काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनीत गर्नुभएको हो ।
काँग्रेसको मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा अधिकारी र कटुवाललाई मनोनीत गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्