तपाईँ सुन्दै हुनुहुन्छः

२३औँ भारत–रुस शिखर सम्मेलन आजदेखि,आज भारत आइपुग्दै पुटिन

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै हुनुहुन्छ। २३औँ भारत–रुस वार्षिक शिखर–सम्मेलनका लागि उहाँ बिहीबार दिउँसो नयाँदिल्ली आइपुग्ने भारतीय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ।

पुटिनले भारतमा करिब ३० घण्टा बिताउने कार्यक्रम रहेको छ। दुईदिने यो उच्च–स्तरीय भ्रमणका क्रममा रक्षा सहकार्य थप गहिरो बनाउने, व्यापार विस्तार, र ऊर्जा–सम्बन्धी साझेदारी सुदृढ गर्ने विषय प्रमुख एजेन्डा रहने बताइएको छ। अमेरिकाले भारतमाथि रूसी तेल खरिद नगर्न दबाब बढाइरहेका बेला हुने यो भ्रमणमा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

भारत र रूस दशकौँदेखि नजिकका रणनीतिक साझेदार हुन्। पुटिनले दिल्ली आगमनपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आयोजित विशेष रात्रि–भोजमा सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा दुबै पक्षबीच आर्थिक तथा व्यापारिक सहयोग, रणनीतिक साझेदारी र अन्य क्षेत्रका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button