गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
चितवन । आगामी पुस १ गतेदेखि बाघ गणना गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
पुस, माघ र फागुन गरी तीन महिना लगाएर पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
हरेक चार–चार वर्षमा गर्ने बाघ गणना अन्तर्गत सुरुमा चितवन र पर्सा, त्यसपछि बाँके र बर्दिया तथा अन्तिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डीमा बाघ गणना गर्न लागिएको विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले का अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको जानकारी दिनुभयो ।
निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरूसँग भएका एक हजार एक सय क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिनुभयो ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने निकुञ्ज विभागले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्