तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा खाद्य स्वच्छता सम्बन्धी सचेतना फैलाइँदै

बैतडी। बैतडीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य सुरक्षाका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सोमबार जिल्लाको पाटन नगरपालिका वडा न-८ स्थित खोड्पे बजारका होटेल व्यवसायीहरूलाई तालिम प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख बिक्रम  श्रेष्ठले जानकारी दिनुभयो । होमस्टे, होटल, रेस्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरूलाई लक्षित गर्दै खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण प्रदान गरिएको कार्यालयले जनाएको छ।

मुख्य गरी राजमार्गका होटेलहरूमा अस्वस्थ खाना पाइने गरेको गुनासो बढेकाले होटेल अनुगमनमा कडाइ गर्न लागेको उहाँले बताउनुभयो । यसै गरी जिल्लामा रहेका होटेल तथा किराना पसलका व्यवसायी, उपभोक्ता तथा विद्यालयहरूमा खाद्य स्वच्छता सम्बन्धी तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो । 

खाद्य स्वच्छताका विषयमा सचेतना फैलाउनको लागि होटेल सञ्चालकहरूसँग अन्तरक्रिया गर्दै तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । 

तालिमका सहभागी व्यवसायी हुरेल खाद्यान्नका सरसामान खरिद तथा बिक्री गर्न उत्पादन मिति तथा म्याद समाप्त मिति अनिवार्य हेर्ने प्रतिबद्धता जनाएका थिए । यसै गरी सहभागीहरूले होटेल सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभएकाे थियाे । 

कार्यक्रममा सहभागी वडा न-८ का वडा अध्यक्ष तथा पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिस बिष्टले पालिका स्तरबाट पनि अनुगमन भइरहने गरेको बताउनुभएकाे थियाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासनसँगको समन्वयमा  अनुगमन तथा निरीक्षण गरी आवश्यक पृष्ठपोषण प्रदान भइरहने गरेको जनाउनुभयो । 

सोमबार पनि खोड्पे बजारका १७ वटा होटेलहरूमा अनुगमन गर्दै आवश्यक सुझावसहित पृष्ठपोषण प्रदान गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button