तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज नाका बाट ४ महिना २ खर्ब ८४अर्बको आयात,३३ अर्ब २१ करोडको निर्यात

आयात १८ प्रतिशतले बढ्दा निर्यात १ सय ४३ प्रतिशतले वृद्धि

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज हुँदै आर्थिक बर्ष २०८२/०८३ को ४  महिनामा २ खर्ब ८४ अर्ब ८९ करोड बराबरको मालसामान आयात भएको छ भने ३३ अर्ब २१ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

वीरगन्ज नाका बाट गत आर्थिक बर्ष ०८१/०८२ को तुलनामा चालु आर्थिक बर्षमा मालसामानको आयात १८ प्रतिशतले बढको छ भने निर्यात १ सय ४३ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षको ४ महिनामा ०८१/०८२ मा २ खर्ब ४१ अर्ब ३ करोड मूल्य बराबरको सामान आयात गरेको थियो भने १३ अर्ब ६४ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ४ महिनामा  ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने २५ अर्ब ५२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा  १९ अर्ब ५४ करोड मूल्य बराबरको मेसीनरी पार्टपुर्जा आयात भएको छ भने १८ अर्ब ३१ करोड मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।

त्यस्तै सो अवधिमा १५ अर्ब ४३ करोड मूल्य पर्ने मलखाद आयात भएको छ भने  १६ अर्ब ४ करोड मूल्य बराबरको इलेक्ट्रिक उपकरण तथा पार्टपुर्जा आयात भएको छ । वीरगन्ज नाकाबाट ४ महिनाको अवधिमा  १५ अर्ब २२ करोडको कपडा, १२ अर्ब ६४ करोडको विभिन्न यातायातका साधन,९ अर्ब २० करोडको औषधी, ५ अर्ब ८७ करोडको खाद्यान्न, ५ अर्ब ७७ करोडको प्लास्टिकका सामानहरू र ३ अर्ब ५७ करोडको सूर्यमुखी तेल आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी मुलुकको प्रमुख नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको ४ महिनामा ३३ अर्ब २१ करोड मूल्य बराबरको  नेपाली उत्पादन निर्यात भएको छ । 

गत आर्थिक बर्ष २०८१/०८२ को ४ महिनामा भारत तथा तेस्रो मुलुक तर्फ १३ अर्ब ६४ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएकोमा यसबर्ष १ सय ४३ प्रतिशतले निर्यात वृद्धि भई ३३ अर्ब २१ करोडको नेपाली उत्पादन निर्यात भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो । 

वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञवालीले  जानकारी दिनुभयो । 

वीरगन्ज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ को ४ महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । वीरगन्ज नाकाबाट मात्रै १७ अर्ब ३२ करोड मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी वीरगन्ज नाकाबाट सो अवधिमा  २ अर्ब ६० करोड मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

४ महिनाको अवधिमा २ अर्ब ९ करोड मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने १ अर्ब ५४ करोड मूल्य बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।

सो अवधिमा १ अर्ब १५ करोड मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको भने ८१ करोड मूल्य बराबरको फलाम तथा फलामका सामाग्री, ७९ करोड मूल्य बराबरको भारत निर्यात भएको छ । 

वीरगन्ज नाकाबाट सेन्थेटिक यार्न, पशु आहारको कच्चा पदार्थ,सवारी साधन,मेसिनरी तथा पाटपुर्जा, आयुर्वेदिक औषधि, कुकुर तथा बिरालाको खाना तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनु भयो । 

बीरगंज भन्सार नाकाबाट तोरीको तेल,मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन,  रेसाको कपडा,स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू समेत ४ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button