तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा दृष्टिविहीन महिला टी–२० क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शुसीला कार्कीले श्रीलङ्कामा सम्पन्न विश्वकप दृष्टिविहीन महिला टी–२० क्रिकेट २०२५ मा नेपालको टोली उपविजेता बन्न सफल भएकोमा खेलाडीहरूलाई हार्दिक बधाई दिनुभएको छ। 

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री कार्कीले जारी गर्नुभएकाे बधाई सन्देशमा भनिएको छ,

“तपाईँहरूको यो सफलता साँच्चै प्रेरणादायी छ । फरक शारीरिक अवस्था र दैनिक जीविकोपार्जनका चुनौतीहरूका बीचमा पनि तपाईँहरूले विश्वस्तरमा नेपालको नाम उज्ज्वल गर्नुभयो । सम्पूर्ण नेपालीहरूको शिर गर्वले अग्लो भएको छ ।”

प्रधानमन्त्री कार्कीले सरकारले खेलकुदमा समावेशी विकास बढाउन र अपाङ्गतावाला खेलाडीहरूको प्रशिक्षण, संरचना र अवसरलाई थप सुदृढ गर्नका लागि प्रतिबद्ध रहेको पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button