तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : कर्णाली याक्सले दियो चितवन राइनोजलाई १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।  

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । अहिले भइरहेको खेलमा कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो ।

ओपनिङ गर्न आएका प्रियांक पान्चलले ९० रन जोडेका थिए । भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।।

सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button