तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका नवनियुक्त प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित एक समारोहबिच राष्ट्रपति पौडेलले नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button