इडब्लुभिएलको दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुनः सुचारु हुने
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुनः सुचारु हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले मङ्गलवार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कार्तिक २६ देखि २९ सम्म चल्ने जानकारी गरायो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुनेछ ।
इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरू अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
लिगका कूल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । बाँकी खेलहरू काठमाडौँमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । अङ्कतालिकामा ललितपुर क्विन्स र कर्णाली यश्विस समान तीन खेलमा खेलमा ९ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।







प्रतिक्रिया राख्नुहोस्