मोतियाबिन्दुको शल्यक्रिया सहित रगत निःशुल्क,डायलसिसका लागि यातायात सुविधा
नवलपरासी,पश्चिम् । नवलपरासी — बर्दघाट नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवामा विशेष पहल गरेको छ। आर्थिक वर्ष २०८२र८३ मा स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन गर्दै नगरपालिकाले मोतियाबिन्दु भएका नागरिकका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको छ।
परासिमा रहेको बिनोद निता कँडेल आँखा अस्पतालमा सो का लागि ५ लाख बजेट बिनियोजन गरिएको छ भने निःशुल्क रगत र यातायातका लागि २ र२ लाख बजेट बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।गत बर्ष १ सय ६० जनाले निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरेको नगरले जनाएको छ ।
त्यससँगै रेडक्रस सँग समन्वय गरि निःशुल्क रगत उपलब्ध गराउने र डायलासिस गर्नुपर्ने बिरामीलाई गौतमबुद्ध अस्पतालसम्म आवतजावतका लागि निःशुल्क यातायातको सुविधा निःशुल्क गरेको छ।गतबर्ष २४ जनाले यो सेवा लिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले जानकारी दिएको छ ।नगरपालिकाले बिगत बर्ष देखिनै यी कार्यक्रमहरू अघि बढाएको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, यी कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच बढाउन र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत पुर्याउने उद्देश्य राखिएको हो। “नागरिकलाई स्वास्थ्य सेवामा सहज र मूलतः विपन्न नागरिकलाई निःशुल्क पहुँच सुनिश्चित गर्न नगरपालिकाले नीति तथा कार्यक्रममै यी कार्यक्रम समावेश गरिएको,” मेयर श्रेष्ठले बताउनुभयो ।स्थानीय तहले यो सुविधा प्रदान गरेपछि विगतका बर्सहरूमा यो सेवाबाट नगरवासीले लाभ लिँदै आएका छन् ।
उहाँका अनुसार, बर्दघाट नगरपालिकाले आगामी दिनमा थप स्वास्थ्य कार्यक्रमहरू पनि विस्तार गर्दै जाने तयारी गरेको छ।








प्रतिक्रिया राख्नुहोस्