तपाईँ सुन्दै हुनुहुन्छः

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

गोरखा I गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । 

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ पाङबोचे स्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणको लागि आएका इटालियन नागरिक वर्ष ५१ का स्तेफानो फरिनातो  र  वर्ष २८ का अलेस्सान्द्रो गापुटोको हिउँमा पुरिएको अवस्थामा शव फेला पारी उद्धार गरी सामागाउँको हेलिप्याडमा ल्याइएको गोरखा प्रहरीले जानकारी दिएको छ । 

असोजको २९ गते उनीहरू उक्त हिमाल आरोहणका लागि गोरखा आएका थिए । हिउँमा फसेका ६४ वर्षीय  भेल्टर परलिनोको कार्तिक १६ गते जीवितै उद्धार गरी काठमाडौँ पठाइएको थियो । उनको ग्राण्डी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । मृतक दुई जनालाई पाङबारी पिक हिमालको पहिलो क्याम्पबाट हिउँ खनेर निकालिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button