तपाईँ सुन्दै हुनुहुन्छः

गौरीशंकर क्षेत्रमा बेपत्ता आरोहीहरूको खोजी जारी

काठमाडौं।दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर र रोल्वालिङ हिमश्रृंखलामा आरोहणका क्रममा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको छ।

आरोहणका लागि गएका १२ जनामध्ये सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरूको खोजीका लागि हेलिकोप्टरसहितको टोली खटाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।

उहाँका अनुसार अहिले मौसम खुल्दै गएकोले खोजी तथा उद्धार कार्य सहज हुने अपेक्षा गरिएको छ। तर हिमपहिरो प्रभावित क्षेत्रमा पुगेको उद्धार टोलीसँग हालसम्म सञ्चारसम्पर्क स्थापित हुन नसकेको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button