नेपालले दियो अमेरिकालाई २७२ रनको लक्ष्य
काठमाडौँ । नेपालले आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्ध २७१ रन बनाएर २७२ रनको लक्ष्य दिएको छ । आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।
दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएर अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो । नेपालले जारी शृङ्खलामा दुई खेल हारिसकेको छ र बाँकी दुई खेल जित्नुपर्ने दबाबमा छ।
				

					
					





प्रतिक्रिया राख्नुहोस्