राखेपको बैठक कार्तिक १९ गते बस्ने
काठमाडौँ । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार सम्हाले लगत्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाउनुभएको छ ।

मन्त्री गुप्ताको अध्यक्षतामा हुने यो १२३ औँ बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनासम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ ।
बैठक आगामी कार्तिक १९ गते (बुधबार) दिउँसो २ बजे सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बस्नेछ । बैठकको एजेन्डा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र विविध विषयमा छलफल गर्ने रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्