तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री अर्याल जनकपुरधाममा

जनकपुर । आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुग्नुभएको छ ।

दुई दिनका लागि यहाँ आउनुभएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता तथा गृह सचिव रामेश्वर दङ्गाल समेत हुनुहुन्छ ।

उहाँहरूले जनकपुरधामको विभिन्न छठ घाटहरूको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भोलि मङ्गलवार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button