तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ८० बोरा अवैध मल बरामद

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले १ सय ८० बोरा अवैध मल बरामद गरेको छ । 

सोमबार राती करिब १० बजेको समयमा राम्दी प्रहरी चौकीले १४० बोरा र आर्य भन्ज्याङ प्रहरी चौकीले ४० गरि जम्मा १ सय ८० बोरा डिएपी मल बरामद गरेको हो । 

स्याङ्जाबाट रुपन्देहीतर्फ जाँदै गरेको लु २ ख १२५७ नम्बरको ट्रक राम्दीबाट र ग १ ख ७५३१ नम्बरको ट्रक आर्य भन्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिल बिजक नभएको मल बरामद गरि थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button