बाढी पहिरोमा परि हालसम्म ४४ जनाको मृत्यु
काठमाडौँ । देशभर अविरल वर्षासँगै गएको बाढी, पहिरो र चट्याङमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।
हिजोदेखि देशभर अविरल वर्षासँगै परेको चट्याङ, बाढी, पहिरो र यातायात दुर्घटनामा परी हालसम्म ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

देशभर बाढी तथा पहिरोमा परी ३८ जना, चट्याङमा परी ३ जना र यातायात दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।
यस्तै इलाममा गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
यस्तै पहिरोमा बेपत्ता भएकाको खोजी कार्य जारी रहेको र क्षतिको विवरण सङ्कलन पनि भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्