तपाईँ सुन्दै हुनुहुन्छः

इलाम पहिरो: हालसम्म ३७ जनाको मृत्यु, १ बेपत्ता

इलाम । अविरल वर्षासँगै आएको बाढि तथा पहिरोमा परि इलाममा अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । अविरल वर्षासँगै आएको भीषण बाढी पहिरोमा परि देशभर ४० जनाले ज्यान गुमाउँदा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएकाे हाे ।

यस्तै, इलामको सूर्योदय नगरपालिका ९ बाट दशैँ मान्न भारतको मिरिकमा पुगेकी एक महिलाको पनि सोहिस्थानमा गएकाे पहिरोमा परी मृत्यु भएपछि इलाममा मात्रै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

इलाम जिल्ला प्रशासनको आधिकारिक प्रारम्भिक विवरण अनुसार सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना र वडा न ९ को १ जना भारत मिरिकमा सहित सूर्योदयनगरपालिकामा ६ जनाको ज्यान गएको छ । इलाम नगरपालिका वडा नम्बर ६ घोसमा ६ जनाको मृत्यु, बालनगाउँमा १ बेपत्ता भएका छन् । 

फोटो : सुनिता खालिङ राई

यस्तै सन्दकपुर गाउँपालिकामा  ६ जनाको मृत्यु भएको छ ।  माङ्सेबुङ गाउँपालिकामा ३ जनाको, देउमाई नगरपालिकामा ८ जनाको ज्यान गएको छ भने माइजोगमाई गाउँपालिकामा ८ को मृत्यु भएको तथा  फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु  भएको हाल सम्मको विवरण रहेको  इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभएको छ । 

फोटो : सुनिता खालिङ राई

अहिले इलामा केही घाइतेको नेपाली सेनाको हेलिकप्टरबाटै उद्धार गरिएको छ भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् कति पुलहरू बगाएका छन् । धेरै घरबार विहीन भएका छन् कतिको पशुचौपाय पहिरोले पुरेको छ । इलामको जनजीवन अस्तव्यस्त रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button