टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोल टोलमा गएर वितरण कार्य भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।
उहाँले जारी लकडाउनका कारण एकै ठाउँमा धेरै मानिस जमा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको बताउनुभयो ।
११ ओटै वडामा दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेको उपप्रमुख चन्दले जानकारी दिनुभयो ।
वडाका सबै टोलमा सामाजिक दुरी कायम गरेर सामाजिक सुरक्षा भत्ता वितरणको काम शुरु गरिएको वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।
यसअघि जिल्लाका अन्य स्थानीय तहहरुले पनि टोलमै गएर भत्ता बितरण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्