तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो, सडक अवरुद्ध

चितवन । इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुई तर्फी सडक बन्द भएको छ । 

शुक्रवार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । 

पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उहाँले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button