तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा विहानैदेखि भारी बर्षा

दोलखा । सदरमुकाम चरिकोट लगायत दोलखा जिल्लाको अधिकाङ्श भेगमा मध्यमदेखि भारी बर्षा भइरहेको छ । दोलखाको अधिकाङ्श ठाँउमा शनिवार विहानैदेिख बर्षा भइरहेको स्थानीयले जनाएका छन् ।
निरन्तरको बर्षाका कारण मानिसहरुलाई आवत– जावतमा समस्या भएको छ । बर्षाका कारण सदरमुकाम चरिकोटमा लाग्ने शनिवारे हाट प्रभावित बनेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र रहेको लामाबगर क्षेत्रमा पनि शनिवार विहानैदेखि बर्षा भइरहेको विगु गाँउपालिका वडा नम्बर– १ लामाबगरका वडा अध्यक्ष मेम बहादुर तमाङले जानकारी दिनुभयो । बर्षाको कारण घरबाहिर निस्कन समस्या भएपनि तामाकोशी नदीको पानीको सहत भने धेरै नबढेको बडा अध्यक्ष तामाङले बताउनुभयो ।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने बेदिङ, ना, सुरमुचे लगायतका क्षेत्रमा पनि शनिवार विहानैदेिख बर्षा भइरहेको बेदीङका स्थानीय होटल व्यवसायी छिरीङ शेर्पाले बताउनुभयो । यो क्षेत्र च्छो– रोल्पा हिमताल जाने रुटमा पर्दछ । दशैको कारण अहिले च्छो– रोल्पा जाने पर्यटकहरु भने नभएको छिरीङ शेर्पाले जानकारी दिनुभयो ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो जिल्लाका अधिकाङ्श भेगमा विहानै देखि बर्षा भै रहेपनि हालसम्म बाढी– पहिरोको जोखिम र यातायात आवागमनमा समस्या नहेको बताउनुभयो ।
दोलखा जिल्ला प्राकृतिक प्रकोपको हिसाबले जोखिममा रहेकोले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी जोखिम नियन्त्रण र कुनै समस्या भै हाले उद्दारको लागि तयारी अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक महतोले जानकारी दिनुभयो । आवश्यक काम बाहेक घरबाट ननिस्कन र यात्रा गर्दा आवश्यक सर्तकता अपनाउन जिललावासीलाई प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले पनि असोज २० गतेसम्म भारी तथा मध्यम बर्षाको जोखिम रहेकोले आवश्यक सर्तकता अपनाउन दोलखाका स्थानीयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button