तपाईँ सुन्दै हुनुहुन्छः

एमजी स्टील कारखानामा आगलागी हुँदा करिब ४ करोडको क्षति

जनकपुरधाम  । जनकपुरधामको एमजी स्टील कारखानामा आज दिउँसो भएको आगलागीबाट करिब ४ करोडको मालसामान जलेर नष्ट भएको छ ।

जनकपुरधामका व्यापारी कैलाश जैन तथा पारस जैनको लगानीमा जनकपुरधामको वडा नंं १९ वेङ्गाशिवपुरमा सञ्चालनमा रहेको एमजी स्टील कारखानामा काठ तथा फलामको फर्निचर बनाउने तयारी अवस्थामा रहेका सामानहरू जलेर नष्ट भएको छ । 

कारखानामा वेल्डिङ्ग गरिरहेको बेलामा त्यसबाट उडेको झुल्कोले आगो लागेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अम्बु साहले जानकारी दिनुभयो ।   

आज दिउँसो कारखानामा लागेको आगो नेपाल प्रहरी तथा धनुषा तथा महोत्तरीका विभिन्न पालिकाहरूमा रहेको ८ वटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो लागिरहेको समयमा वर्षा पनि सुरु भएकोले आगो नियन्त्रणमा ठुलो मद्दत पुगेका थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button